You are viewing the translated version of कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार.
Rule 25
कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) कोषको वार्षिक कार्यक्रम र बजेट तयार गरी समितिमा पेश गर्ने,
(ख) कोषको व्यावसायिक कार्ययोजना तयार गर्ने,
(ग) कोषको संस्थागत सुशासन कायम राख्ने,
(घ) अध्यक्ष तथा उपाध्यक्षको परामर्शमा समितिको बैठकमा पेश गर्नु पर्ने विषयसूची तयार गर्ने वा गराउने,
(ङ) कोषको दैनिक प्रशासन तथा जनशक्ति व्यवस्थापन गर्ने र कर्मचारीको सुपरीवेक्षण तथा नियन्त्रण गर्ने वा गराउने,
(च) कोषबाट सञ्चालित कार्यक्रमको अनुगमन, मूल्याङ्कन तथा निरीक्षण गर्ने वा गराउने,
(छ) वित्तीय संस्था, सहकारी संस्था र अन्य सरोकारवालासँग आवश्यक समन्वय तथा सहकार्य गर्ने,
(ज) समितिको निर्णय कार्यान्वयन गर्ने वा गराउने,
(झ) कोषको लेखा राख्न लगाउने, लेखापरीक्षण गराउने, बेरुजु फर्छ्यौट गर्ने वा गराउने,
(ज) कोषको लेखा उत्तरदायी अधिकृत भई काम गर्ने,
(ट) कोषको आवधिक र वार्षिक प्रतिवेदन तयार गर्ने,
(ठ) समितिले तोके बमोजिमका अन्य कार्यहरु गर्ने वा गराउने ।